खातावालाको जानकारी बीनै ट्रान्सफर भयो ६ लाख रुपैयाँ
वि.सं.२०७९ साउन १२ बिहीवार ११:४६
shares

काठमाडौं, १२ साउन । नेपाल बैंक लिमिटेडबाट एक बचतकर्ताको ८ लाख रुपैयाँ खातावालाको अनुमति बिनानै निकालिएको पाइएको छ । बैंकको रोल्पा घर्तीगाउँ शाखाबाट साउन २ गते उक्त रकम खातावालाई जानकारी नै नदिएर अन्य बैंकको खातामा ट्रान्फर भएको हो ।
घर्तीगाउँ शाखामा खाता खोलेका ग्राहकको खाताबाट बीना जानकारी रकम गायब भएको विषयमा बुझ्ने काम भइरहेको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढाकालले जानकारी दिए ।
खातावालले यस विषयमा प्रहरी र बैंकमा आफूलाई जानकारी नै नदिएर रकम बाहिरीएको उजुरी गरे पछि यो घटना बाहिरएको हो ।


















