Dhulikhel Eco Banner new

एसईईको नतिजा सुखद् छैन, हाम्रो शिक्षा फेलियर छ : सिलवाल

6.51K
shares

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एसइईको हिजो प्रकाशित नतिजा सुखद् नभएको टिप्पणी गरेका छन् । उनले २०७५ र २०७८ नतिजा विश्लेषण गर्दा अहिलेको परीक्षाफल राम्रो नभएको दाबी गरे ।

उनले भने,‘ए प्लस, ए, बि प्लस ल्याएर पास हुने विद्यार्थी जो छन, त्यो प्रतिशत घटेको छ । हाम्रो परिक्षाफल राम्रो भएन । कोभिडले गर्दा राम्रो भएन भन्ने कुरा पनि आएको छ । १० कक्षा र १२ कक्षाको रिजल्टको तुलनात्मक अध्ययन गरौं । हाम्रो शिक्षा फेलियर भएको उदाहरण छ ।’
सिलवालले अनलाईन कोर्ष प्रभावकारी हुन नसकेको हो कि भन्ने पनि प्रश्न उठाए । उनले भने, ‘अनलाईन कोर्ष प्रभावकारी भएनन् की भन्ने पनि कुरा उठेको छ ।

फेस–टु–फेस कक्षाजस्तो प्रभावकारी भएनन् की ? कोभिडको बेलामा अनलाईन कोर्ष सञ्चालन भएको हो । हिजो ८, ९ मा अनलाईन क्लासमा युज्डटु भएकाहरु अहिले एस.इ.इ विद्यार्थी हुन । हामीले त हाम्रो सिकाईको प्रभावकारिता पनि खोज्नुपर्छ ।

हाम्रो सिकाईको स्तर राम्रो भएन की ? अब राज्यले खोज्नुपर्छ । शिक्षकले पढाएनन् कि ? व्यवस्थापन चुस्तदुरुस्त भएन कि ? यो कुराको निमर्मतापूर्वक समक्षिा हुनुपर्छ । योपटक यस्तै भयो, अर्कोपटक सुधार हुन्छ भनेर सरकारी निकायका अधिकारीले भनेको पनि सुनियो, यो दुःखद् कुरा हो । शिक्षा सचिवलगायतले समिक्षा गरेको खोई ?’

उनले आफूहरुले परीणाममुखी र गुणस्तरीय शिक्षा चाहेको सुनाए । उनले भने, ‘हाम्रो एजुकेशन सिस्टम फेलियर भएको छ । ७ वटै प्रदेशको रिजल्ट देखिएको छ । ७ वटै प्रदेशमा गुणस्तर राम्रो छैन् । कर्णाली र सुदुरपश्चिमको कुरा गर्दा त्यहाँ नतिजाको स्तर धेरै नै खस्किएको छ । उनले सरकारले नै एस.इ.ईको राष्ट्रिय महत्व बनाईदिएको सुनाए ।

उनले भने, ‘हामी किन ९ र ११ कक्षा पास गरेकालाई बधाई दिँदैनौं । अर्को वर्ष एसइईको रुपमा छलफल गर्न नपरोस भन्ने चाहन्छौं । अब एसईई प्रदेश र जिल्लामा जानुपर्छ । परीक्षा कायम हुनुपर्छ । तर, यो रुपमा जानुहुन्न । शिक्षाले राष्ट्रियता बलियो बनाउनुपर्छ । होईन, भने यो खराब हुन्छ । आजका युवा पिढीँहरु विदेश पलायन भएको छ । अभिभावकको खुशी भनेको बालबच्चाको खुशी हो । बालबच्चा भोलिको असल नागरिक बन्नुपर्छ ।’