निवर्तमान अर्थमन्त्री माथिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइयो
वि.सं.२०७९ साउन १३ शुक्रवार १५:३५
5.92K
shares
shares

काठमाडों, १३ साउन । संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनको प्रतिवेदन सभामुख समक्ष बुझाएको छ । शुक्रबार दिउँसो समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटलाई समिति सभापति लक्ष्मणलाल कर्णले बुझाएका छन् ।
चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपपछि शर्माविरुद्ध संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदन बुझाएको हो ।

















