Dhulikhel Eco Banner new

मानिस जस्तै हिड्ने कुकर, बाटो काट्दा पनि मान्छेजस्तै यता उता हेर्छ

5.47K
shares

काठमाडौं, १४ साउन । कोलोराडोमा डेक्सटर नामको सात वर्षको ब्रिटानी स्प्यानियल विश्वभर धेरैका लागि प्रेरणा बनेको छ । दुर्घटनापछि आफैँले पछाडिको खुट्टामा उभिन र हिँड्न सिकेपछि उसलाई धेरैले प्रेरणाको रुपमा हेरेका छन् ।

डेक्सटर सानै थियो । एकदिन खोरबाट फुत्किएर सिधै व्यस्त सडकमा पुग्यो । अत्यधिक ट्राफिक थियो त्यति नै बेला उसलाई एउटा कारले हान्यो । ऊ नराम्ररी घाइते भयो । उसको अगाडिको एउटा खुट्टा काट्नुपर्यो, अर्को पनि भाँच्चियो । तर ऊ बाँच्न भने सफल भयो । यसको श्रेय उनकी मालिकलाई जान्छ ।

उनकी मालिकले के सोचेकी थिइन् भने अगाडिको दुईवटा खुट्टा नभएपछि उसलाई सायद ह्विलचेयर चाहिएला । उसले केही समयका लागि ह्विलचेयर प्रयोग पनि गर्यो तर पछि उसले आफ्नो पछाडिको खुट्टाले यति राम्रोसँग हिँड्न सिक्यो कि ऊ पछाडिको दुईवटा खुट्टामा ह्विलचेयरभन्दा पनि छिटो हिँड्न सक्ने भयो । त्यसपछि नै ऊ मानिस जस्तै हिँड्छ, बाटोमा हिँड्दा टाउको यताउती घुमाउँछ र सबैलाई प्रभावित तुल्याउँछ ।

केन्टी पासेकलाई डेक्स्टरको यो खुबीबारे त्यतिबेला थाहा भयो जब एकदिन उनले डेक्स्टरलाई भर्याङमाथि देखिन् । त्यतिबेला डेक्स्टरलाई ह्विलचेयरमा राखिएको थिएन । सुरुमा त कसरी भयो, उनले केही भेउ पाउन सकिनन् । त्यसैले उनले आफ्नो फोनको क्यामरा चालू गरिन्, डेक्स्टरलाई भर्याङको फेदमा ल्याइन् र यो अचम्मलाई आफ्नो क्यामरामा कैद गरिन् ।

त्यतिबेलादेखि अहिलेसम्म डेक्स्टरको प्रगति मात्रै भइरहेको छ । अब ऊ शहरभरी डुल्न सक्ने भएको छ । डेक्स्टर स्थानीय सेलिब्रिटी जस्तै बनिसकेको छ । धेरैले उसलाई हिँडेको हेर्न रुचाउँछन् । उसले मानिसहरुको मुहारमा हाँसो ल्याउन पनि मद्दत गरेको छ र जीवनमा जस्तोसुकै कठिनाईमा पनि हिम्मत भने हार्नुहुँदैन भन्ने कुराको स्मरण गराइदिन्छ । एजेन्सी