Dhulikhel Eco Banner new

यो साता कुन समूहको शेयर मूल्य कति बढ्यो ?

6.96K
shares

काठमाडौं, १४ साउन । यो साता शेयर बजारमा हरियाली देखियो । एक हप्ताको अवधिमा शेयर बजार एक दिन बाहेक सबै दिन दोहोरो अंकले बढेको थियो । कारोबार रकम तथा शेयर संख्याका हिसाबले पनि अघिल्लो हप्ताकोभन्दा निकै सुधार भएको छ ।

यो हप्ता १२३ अंकभन्दा बढीले बढेको शेयर बजारमा करीब २ खर्ब रूपैयाँले लगानीकर्ताको सम्पत्ति मूल्य बढेको छ । साताभरिमा वित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाए । कारोबारमा आएका १३ समूहगत उपसूचकहरूमध्ये वित्त समूहको उपसूचक सर्वाधिक २१ दशमलव ९६ प्रतिशतले बढेको हो । सर्वाधिक कमाउने दोस्रो स्थानमा भने विकास बैंक समूह रहेको छ । यस समूहको उपसूचक १७ दशमलव २७ प्रतिशतले बढेको छ ।

यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । वित्त र विकास बैंकसँगै जलविद्युतको १० दशमलव ५८ प्रतिशत, होटल तथा पर्यटन समूहको १० दशमलव ३० प्रतिशतले बढ्यो । त्यस्तै लघुवित्तको १० दशमलव शून्य २ प्रतिशत, लगानी समूहको ८ दशमलव शून्य ८ प्रतिशत, अन्य समूहको ७ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी व्यापारिक समूहको ४ दशमलव ८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव शून्य १ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव १० प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८३ प्रतिशत र म्युुचुअल फण्ड समूहको शून्य दशमलव ४८ प्रतिशत उपसूचक बढेको छ । यो हप्ता सबै परिसूचक सकारात्मक हुँदा समग्रमा शेयर बजारमा उल्लेख्य मात्रामा बढेको छ ।