आईपीओ जारी गर्न लागेको धौलागिरी लघुवित्तको कमालको प्रगति
वि.सं.२०७९ साउन १५ आइतवार १२:५९
shares

काठमाडौं, १५ साउन । धौलागिरी लघुवित्तले कमालको प्रगति गरेको छ । सर्वसाधारणका लागि आईपीयो निष्काशन गर्न लागेको संस्थाले लोभलाग्दो प्रगति गरिरहेको हो ।
२० जिल्लामा कार्यक्षेत्र भएको यो संस्थाले गत आर्थिक वर्षमा ४ करोड २५ लाख ३६ हजार १८ रुपैयाँ कुल नाफा कमाएको छ । ४४ शाखामार्फत सेवा प्रवाह गरिरहेको संस्थाको कुल बचत ६७ करोड ५९ लाख ६७ हजार ३०६ रुपैयाँ रहेको छ । ७ करोड चुक्ता पुँजी भएको संस्थाको रिर्जव ७२ लाख १९ हजार ९४ रुपैयाँ रहेको छ ।
लघुवित्तको कुल पुँजी १४ करोड ५७ लाख ४० हजार २८१ रुपैयाँ रहेको छ भने अन्तर बैंक उदारो ६३ करोड ७ लाख ६४ हजार १०९ रुपैयाँ रहेको छ । पुँजी पर्याप्तता अनुपात ९.१५ प्रतिशत रहेको छ भने सीडी सेरियो ४७ रहेको छ ।
बाग्लुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तमा ३५ हजार ५५७ संक्रिय सदस्य रहेको छन् भने १७ हजार ६६२ जना महिला ऋणी रहेका छन् । यो संस्थामा ४४ शाखामा १९५ जना कर्मचारी कार्यरत रहेका छन् । लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दैछ ।



















