आईओसीले घटायो इन्धनको मूल्य, के घटाउला निगमले इन्धनको मूल्य ?
वि.सं.२०७९ साउन १६ सोमवार १७:५५
shares

काठमाडौं, १६ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ । सोमवार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा घटाइएको छ ।
यसअघि गत जुलाई १५ मा आईओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रूपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । आन्तरिकरूपमा घाटामै रहेको भन्दै निगमले मूल्य समायोजन भने गरेको थिएन । यसपटक पेट्रोलियम पदार्थको मूल्य घटाउने वा नघटाउनेबारे निगमले धारणा सार्वजनिक गरिसकेको छैन ।
निगमले पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ १९ पैसा, डिजेल÷मट्टितेलमा समान २१ रूपैयाँ ९२ पैसा घाटामा रहेको जनाएको थियो ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारी रहेको छ ।


















