Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

4.34K
shares

काठमाडौं, १७ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँ कायम भएको छ । सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७७३ दशमलव ०४ डलर पुगेको छ ।

मंगलवार डलरको मूल्य भने घटेको छ । एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा थियो ।