Dhulikhel Eco Banner new

वाणिज्य बैंककोभन्दा सहकारी बैंकको पुँजी कोष बलियो छ : सीईओ गुरागाई

6.5K
shares

काठमाडौं, १९ साउन । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईले केही वाणिज्य बैंकभन्दा राष्ट्रिय सहकारी बैंकको पुँजी कोष बलियो रहेको दाबी गरेका छन् । सीईओ गुरागाईले बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वाणिज्य बैंकहरुको भन्दा सहकारी बैंकको पुँजी कोष बलियो भएको दाबी गरेका हुन् ।

सहकारी बैंकले संयमित भएर कर्जा लगानी गरेको भन्दै सदस्यहरुको सहजता, उत्पादन क्षेत्रको विकाससँगै उत्कृष्ट वित्तीय सेवा प्रदान गरेको उनको भनाइ छ । हालसम्म बैंकमा करिब १५ हजार सदस्य रहेका छन् । बैंककलाई आगामी दिनमा सदस्य संख्या र सदस्यहरुको क्षमता अभिवृद्धसँगै वित्तीय सेवामा मजबुद बनाउदै लैजाने उनको प्रतिवद्धता जनाए ।

बैंकले आफ्ना शेयर सदस्यहरुलाइ लाभांश वितरण गर्दै आएको छ । बैंकले १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको जानकारी गराए । बैंकले इ–लाइब्रेरी स्थापना गरेको छ । लाइब्रेरीमा सहकारीका ऐन, कानुन, निर्देशन तथा परिपत्रका साथै नमुना नीति तथा कार्यविधिहरु, तालिमका भिडियोहरु, लेख रचनालगायतका शिक्षा तथा सूचनामूलक सामग्रीहरु हुने छ । सहकारी सम्बन्धी कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्न तथा संस्थाहरुको कामलाई समेत सहज हुने गुरागाईको दाबी छ ।