Dhulikhel Eco Banner new

प्रधानमन्त्री कार्यालयमा सरुवा भए सचिव मरासिनी

5.86K
shares

काठमाडौं, १९ साउन । बिदामा बसेका अर्थ सचिव मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिब सहित केही सचिवको सरुवा गरेको हो ।

बजेट निर्माण देखिएको विवादका कारण अर्थमन्त्रीसँग सम्बन्ध बिग्रेका सचिब मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । त्यस्तै मन्त्रिपरिषदले आजै मात्र सचिवमा बढुका भएका दिपक काफ्लेलाई लुम्बिनी प्रदेशको मुख्य सचिवको जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरलेलाई पनि प्रधानमन्त्रीकार्यालयमा सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशको मुख्य सचिवको जिम्मेवारीमा रहेको डिल्ली शर्मालाइ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।