मर्जरको प्रस्तावसहित नेशनल हाइड्रोपावरले बोलायो साधारणसभा
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:५४
shares

काठमाडौं, २४ साउन । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा हुने भएको छ । साउन २३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार भदौ १० गते साधारणसभा गर्न लागिएको हो ।
सभाले बोनस शेयर वितरण र सुनकोशी हाइड्रोपावरको प्राप्ति पश्चात हुन आउने चुक्ता पुजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य प्रस्तावहरु छलफल सहित पारित गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते एक दिन बुक क्लोज गर्ने छ । सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड बैक्वेट वालुवाटार काठमाडौंमा हुने छ कम्पनीले जनाएको छ।


















