Dhulikhel Eco Banner new

वन अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

4.93K
shares

काठमाडौं, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापा, सव(इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यस्तै, अख्तियारले साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार हाल पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिकोटका नायव सुब्बा राजबहादुर बमविरुद्ध पनि गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ

जिल्लाको तत्कालीन LAPA संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालय, कालिकोटका तत्कालीन प्रा।स। हाल गुठीचौर गाउँपालिका जुम्लाका ९अधिकृत छैटौं तह० रत्न प्रसाद पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म (८ ताडी, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डे, सचिव र कोषाध्यक्षसमेत ३ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ।