Dhulikhel Eco Banner new

नासु र ट्रेड युनियनका कर्मचारीहरुले आज विरोध प्रर्दशन गर्ने

5.25K
shares

काठमाडौं, २६ साउन । नायब सुब्बाहरुले सुरु गरेको आन्दोलनलाई निर्णायक बनाउन भन्दै निजामती कर्मचारीका राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले आजदेखि संयुक्त आन्दोलन गर्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरुले आज अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दैछन् ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती ऐन ल्याउन दबाब दिन र नासुहरुले थालेको आन्दोलनलाई साथ दिन माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्न लागिएको बताए ।

आर्थिक वर्ष २०७९/८० देखि लागु हुने नयाँ तलबमानमा आफूहरुलाई विभेद गरिएको भन्दै नासुहरुले विरोध जनाउँदै आएका छन् । बजेट भाषणमा १५ प्रतिशत तलब वृद्धिको घोषणा भए पनि अधिकृतदेखि माथिका कर्मचारीहरुको तलब त्योभन्दा बढीले बढाउने तर नासुहरुको तलब १५ प्रतिशत मात्रै बढाउने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरेको सार्वजनिक भएपछि नासुहरु असन्तुष्ट छन् ।