Dhulikhel Eco Banner new

महंगियो नेपालीको भान्सा, मुद्रास्फीति ८ प्रतिशत माथि

4.62K
shares

काठमाडौं, ३१ साउन । नेपालीको भान्सा महंगो बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार २०७९ सालको असार महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अबधिमा ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा नेपालीको भान्सा करिब ४ प्रतिशले बढेको देखिएको छ ।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप परेको केन्द्रीय बैैंकले जनाएको छ । यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहयो ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।