Dhulikhel Eco Banner new

वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढ्यो

4.85K
shares

काठमाडौं, ३१ साउन । साउन महिनासम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षकोभन्दा २३ प्रतिशले बढेको छ । राष्ट्र बैंकले जारी गरेको वार्षिक विवरण अनुसार साउन महिनासम्म नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । जुन अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशले बढी हो ।

अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशत रहेको थियो । समिक्षा वर्षमा निर्यात आयातको अनुपात १०.४ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्ष ९.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।