विदेश भ्रमणमै खर्च भयो ९७ अर्ब
वि.सं.२०७९ भदौ १ बुधवार ०७:३६
shares

काठमाडौं, १ भदौ । कोरोनाका कारण ठप्प रहेको पर्यटन व्यवसाय केही मात्रामा चलायमान बन्दै गएको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष पर्यटन आवागमनबाट नेपालले आर्जन गर्ने रकममा उल्लेख्य वृद्धि भएको छ । तर नेपालीहरुले विदेश घुम्नमा गरेको खर्च पनि उल्लेख्य मात्रामा बढेको देखिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विरण अनुसार साउन महिनासम्म नेपालले विदेशी पर्यटकबाट ३२ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ भने नेपालीहरु विदेश घुम्नका लागि ९७ अर्ब ३२ करोड पुगेको छ । समिक्षा अवधिमा भ्रमण आय ३४६.५ प्रतिशतले बढेको छ । त्यस्तै भ्रमण व्यय अन्तर्गत १९६.७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
अघिल्लो वर्ष सोहि अवधिमा भ्रमण आय ७ अर्ब २७ करोड थियो भने भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेको थियो । २०७९ साउन महिनासम्म नेपालीहरुले शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड रहेको छ । यस्तो व्यय अघिल्लो वर्ष २४ अर्ब ९६ करोड रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा खुद सेवा आय १०८ अर्ब १२ करोडल ेघाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको थियो ।



















