अर्थसचिव पुष्करले लिए राष्ट्र बैंकको सञ्चालक सदस्यको शपथ
वि.सं.२०७९ भदौ १ बुधवार १७:५२
shares

काठमाडौं, १ साउन । अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंकको सञ्चालकको रुपमा शपथ लिएका छन् । अर्थसचिव पुष्करले बुधबार कायममुकायम प्रधानन्ययायधिश दीपक कुमार कार्की समक्ष शपथ लिएका हुन् ।
सर्वोच्च अदालतमा बुधबार कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य हुने व्यवस्था रहेको छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका का.मु. मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।















