एकैदिन ५४२ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७९ भदौ २ बिहीवार १६:४९
3.43K
shares
shares

काठमाडौं, २ भदौ ।पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२ हजार ८२ पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
२४ घण्टामा कुल ४ हजार ९३० नमुना परीक्षण गरिएको थियो । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।

















