सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला, १५ लाखभन्दा बढी कित्ता बिक्रीमा
ktm voice
वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:०७
481 shares
सिटिजन्स बैंक इन्टरनेसनल ले ठूलो परिमाणमा संस्थापक सेयर बिक्रीका लागि सर्वसाधारणलाई आह्वान गरेको छ। बैंकले सोमबार सूचना प्रकाशित गर्दै सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १५ लाख ५० हजार कित्ता संस्थापक सेयर खुला गरिएको जनाएको हो। यससँगै अब उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि सहभागिता जनाउन पाउने भएका छन्।
बैंकका अनुसार उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बैंकले गत चैत २ गते ३५ दिने समयसीमा राख्दै संस्थापक सेयरधनीहरूबाटै खरिदका लागि प्रस्ताव माग गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि प्रस्ताव प्राप्त नभएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि प्रक्रिया अघि बढाइएको हो।
नयाँ सूचनाअनुसार इच्छुक लगानीकर्ताले आजको मितिदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनको आधारमा सेयर बाँडफाँट गरिने बैंकले जनाएको छ। निर्धारित समयसीमाभित्र आवेदन दिनुपर्ने भन्दै बैंकले लगानीकर्तालाई जानकारी गराएको छ।