सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत
वि.सं.२०७९ भदौ २ बिहीवार १७:३६
shares

काठमाडौं, २ भदौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।
बैंक र नेप्सेबीच चार अर्बको १० वर्ष अवधी भएको “१०.७५ एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९” को अंकित तथा चुक्ता मूल्य १,००० कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।
बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम मिति २०७९/०४/३१ मा नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ



















