घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो बजार भाउ ?
वि.सं.२०७९ भदौ ३ शुक्रवार ११:०८
3.87K
shares
shares

काठमाडौं, ३ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ कायम भएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
विहिवार सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको थियो ।

















