Dhulikhel Eco Banner new

दाङमा तीज गीतको रौनक

4.78K
shares

काठमाडौं, ५ भदौ : नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हर्षोल्लासका साथ तीज मनाउन नपाउँदा खल्लो महसुस भएकामा अहिले खुसी लागेको यहाँका महिला बताउँछन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा साथीसँग तीजमा रमाइलो गर्न तथा बजारमा सँगै गएर किनमेल गर्न पाएनौँ, यसपटक भने शिव मन्दिरमा जाने पूजापाठ गर्ने र छमछमी नाँचेर गरेर रमाइलो गर्ने योजना बनाएको बताउछिन्, तुलसीपुर–५ का ३५ वर्षीया शारदा वली ।

उनी तीजका लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यान्न सामग्रीसमेत किनिसकेको बताछिन् । तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारी विगतका वर्षभन्दा यसपटक राम्रो व्यापार भएको बताउछिन् । “लामो समयदेखि वीरेन्द्र चोकमा किराना पसल गर्दै आएको उनी पहिलेभन्दा अहिले व्यापार पनि राम्रै भएको र बजारमा किनमेल गर्नेको उपस्थिति बाक्लो छ भन्छिन् ।

व्यापारी अन्सारी बताउछिन्, “अहिले चाडपर्व नजिकिएसँगै बिहानैदेखि समान बेच्न भ्याइनभ्याइ छ । सामान बिक्री गर्दा तीजको रौनक झल्किने गरेको छ । तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ दाङ महिला विभागले ‘पत्रकार महिलाका सवाल र तीज’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा बोल्ने वक्ताले पत्रकार महिलाको पेशागत सुरक्षा र क्षमता विकासका लागि सम्बन्धित सञ्चार गृहले सहयोग गर्नुपर्ने र त्यसका लागि स्वयं पत्रकार महिलाले अवसरको खोजी र क्षमता विकासमा लाग्नुपर्नेमा जोडसमेत दिएका छन् । जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा स्थान पाउँदा समाजमा सकारात्मक सन्देश जाने निष्कर्ष निकालेका छन् ।

परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने शैलीमा परिवर्तन भएको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन छ ।
तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भन्दै चासो व्यक्त हुन थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ४६ वर्षीया राधा रजौरेले तीजलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउछिन् । उनी भन्छिन्, “यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

विगतका वर्षमा तीज आउन दुई महिनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी तथा सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको बताउदै उनीअहिले कोरोनापछिको तीज भएकाले पहिलेको तुलनामा केही कमी आए पनि अझै सहर बजार तथा महँगा रेष्टुरेन्टमा गएर तीज आउनु अगावै दर खाने चलन राम्रो नभएको उनी बताउछिन्।