नवनियुक्त राजदूतको शपथ
वि.सं.२०७९ भदौ ५ आइतवार १९:११
4.19K
shares
shares

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज आयोजित समारोहमा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा. डा ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।















