उदयपुरमा राप्रपा : संघमा हरिबहादुर पक्का, प्रदेशमा को उठ्ला ?
वि.सं.२०७९ भदौ ५ आइतवार १९:३७
shares
संघिय उम्मेदवारका दावेदार हरि बहादुर बस्नेत, निर्वाचन क्षेत्र १ क का दावेदार मिलन शमशेर रोका र सुभाव खड्का
काठमाडौं, ५ भदौ । आगामी मंसिरमा हुने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फ बाट उदयपुर क्षेत्र नम्बर १ बाट हरि बहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् । जिल्लाबाट अन्य व्यक्तिको नाम गएको भए पनि उनी नै प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बन्ने राप्रपा उदयपुरका नेताहरुले बताएका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ क मा सुभाव चन्द्र खड्का र मिलन शमशेर रोकाको मध्ये एक जना उम्मेदवार बन्ने राप्रपा उदयपुरमा चर्चा रहेको छ । खड्का वेलकाका नगरपालिकाका हुन भने रोका चौदण्डी गढी नगरपालिकाका हुन् । उनीहरु दुवै जना केन्द्रीय सदस्य हुन् । मिलन लामो समय देखि राजतन्त्रको पक्षमा उभिएर राप्रपामा प्रवेश गरेर किसान संगठनको केन्द्रीय सदस्य हुन् । त्यस्तै खड्का चुरे भाबर पार्टी राप्रपामा गाभिएपछि केन्द्रीय सदस्य भएका बनेका नेता हुन् ।















