Dhulikhel Eco Banner new

यी हुन आज शेयर बजारबाट धेरै कामाउने १० कम्पनी, एक कम्पनीमा सकारात्मक सर्किट

5.38K
shares

काठमाडौं, ६ भदौ । शेयर कारोबार हुने हप्ताको दोस्रो दिन पनि बजार ओरालो लाग्यो । अघिल्लो दिन पनि आरोलो लागेको बजार सोमबार पनि ७ दशवमल ४१ अंकले आरोलो लागेको हो ।

बजार राताम्य हुँदा पनि एक कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यो कम्पनी हो अपर हेवा खोला हाइड्रोपावर कम्पनी । यो कम्पनीको शेयर बजार सोमबार १० प्रतिशतले बढेको छ । अघिल्लो दिनकोभन्दा २४ रुपैयाँ ९० पैसा बढेर हेवाखोलाको शेयर २७३ रुपैयाँमा पुगेर कारोबार रोकिएको हो ।

त्यस्तै लगातार सर्किट ब्रेक लगाउँदै आएको अर्को हाइड्रोपावर मन्दाकिनीको भने आज ९.९७ प्रतिशतले बढेको छ । यो कम्पनीको शेयर मूल्यमा ३१ रुपैयाँ ५० पैसाको वृद्धि भएर ३४७ रुपैयाँ ३० पैसामा कारोबार रोकिएको छ ।

यी दुई कम्पनी बाहेक सिटिजन्स म्युच्युअल फण्ड १ को मूल्य पनि ७.२२ प्रतिशतले बढेर ८ रुपैयाँ ४७ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ०.५७ रुपैयाँ बढी हो । त्यस्तै साम्लिङ पावर कम्पनीको शेयर मूल्य ३० रुपैयाँले बढेर ५६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा ५.६६ प्रतिशतले बढी हो ।

यता हिमाल दोलखा हाइड्रो पावरको शेयर मूल्य पनि आज ४.०३ प्रतिशतले बढेको छ । अघिल्लो दिनकोभन्दा ९ रुपैयाँ १० पैसा बढेर २३५ रुपैयाँमा यो कम्पनीको कारोबार बन्द भएको छ । त्यस्तै वीन नेपाल लघुवित पनि आज धेरै कमाउने कम्पनीको शिर्ष १० मा परेको छ । यो संस्थाको शेयर मूल्यमा ४१ रुपैयाँको वृद्धि भएर १ हजार ७१ रुपैयाँ पुगेको छ । यो आइतबारकोभन्दा ३.९८ प्रतिशत बढी हो ।

त्यस्तै लक्ष्मी इक्वल फण्डको मूल्यमा पनि २.७४ प्रतिशले बढेको छ । अघिल्लो कारोबारकोभन्दा ०.२४ रुपैयाँले बढेर ८ रुपैयाँ ९९ पैसा पुगेको छ । एनआईसी एशिया सेलेक्ट फण्ड–३० को मूल्य पनि २.२२ प्रतिशतले बढेको छ । यसको शेयरमा ०.१८ रुपैयाँले वृद्धि भएर ८ रुपैयाँ ३० पैसा पुगेको छ ।

मल्टी प्रपोज फाइनान्सको शेयर मूल्यमा आज २.०१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो कारोबारभन्दा ७ रुपैयाँले बढेर ३५६ रुपैयाँ पुगेको छ । प्रभु सेलेक्ट फण्डको १.९६ प्रतिशले बढेर ८ रुपैयाँ ३२ पैसा पुगेको छ । यो अघिल्लो दिनकोभन्दा ०.१६ रुपैयाँले बढी हो ।

यी हुन आज धेरै कमाउने शिर्ष १० कम्पनी