आज ६५८ जनामा पुष्टि, १ जनाको मृत्यु
वि.सं.२०७९ भदौ ६ सोमवार १६:२५
shares

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो अर्थात भदौ ५ गते २ सयको हाराहारीमा रहेको संक्रमण संख्या आज भने ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार २८८ जनामा संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९३ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ ।

















