Dhulikhel Eco Banner new

साउन महिनामा तीन बैंकको सीडी रेसियो ९० प्रतिशत माथि, कुन बैंकको अवस्था कस्तो ?

4.9K
shares

काठमाडौं, ६ भदौ । सञ्चालनमा रहेका बैंकहरुमध्ये तीन वटा बैंकको कर्जा– निक्षेप अनुपात (सीडी रेसिया) ९० प्रतिशत नाघेको छ । नेपाल बैंकर्स संघले जारी गरेको विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा सेन्चुरी, नविल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशभन्दा माथि रहेको हो ।

साउन महिनामा सेन्चुरी कमसिर्यल बैंकको सीडी रेसियो ९१.६३ प्रतिशत पुगेको छ । त्यस्तै नविल बैंकको सीडी रेसियो ९०.९२ र नेपाल बैंकको ९०.७२ प्रतिशत पुगेको छ । सिडी रेसियो ९० प्रतिशत नाघेपछि राष्ट्र बैंकले यी बैंकलाई कारवाही गर्न सक्छ । राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार सिडी रेसियोको अनुगमन दैनिक रुपमा भइरहेको छ । तर मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग मार्फत हर्जाना लगाइने ब्यबस्था राष्ट्र बैंकलले गरेको छ ।

प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक विदा वाहेक) को आधारमा मासिक औसत अनुपात निर्धारण गरिने ब्यबस्था छ ।

साउन महिनामा सबैभन्दा कम सीडी रेसियो भएको बैंकमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत रहेको छ । त्यस्तै नेपाल एस.बीआई बैंकको सीडी रेसियो ८४.६४ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

यता एनआईसी एशिया बैंकको सीडी रेसियो ८६.३७ प्रतिशत, माछापुछ्रेको ८६.६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८६.७६ प्रतिशत, एभरेष्ट बैंकको ८६.७९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८६.८५ प्रतिशत र लक्ष्मी बैंकको ८६.९९ प्रतिशत सीडी रेसियो रहेको छ । त्यस्तै साउन महिनामा सिभल बैंकको ८७.१९, एनएमबी बैंकको ८७.८०, सिटिजनन्स बैंकको ८७.८०, सनराइज बैंकको ८८.०१, सिद्धार्थ बैंकको ८८.०९, मेघा बैंकको ८८.६८ प्रतिशत सीडी रेसियो रहेकको छ ।

प्राईम कमर्सियल बैंकको ८९.१७, कुमारी बैंकको ८९.३१, कृषि विकास बैंकको ८९.३२, हिमालयन बैंकको ८९.४७, बैंक अफ काठमाण्डूको ८९.६६, नेपाल कमर्स एण्ड क्रेडिट बैंकको ८९.८१, राष्ट्रिय वाणिज्य बैंकको ८९.९३ प्रतिशत र ग्लोबल आईएमई बैंकको ८९.९५ प्रतिशत सीडी रेसियो रहेको छ ।