Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

4.5K
shares

काठमाडौं, १२ भदौ । आइतबार सुनको ७०० रुपैयाँले भाउ घटेको छ ।
गत शुक्रबार तोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल महासंघले जनाएको छ ।