१० दिनमा बाहिरियो ७ अर्ब निक्षेप, कर्जा प्रवाह ३ अर्बले बढ्यो
वि.सं.२०७९ भदौ १३ सोमवार १७:०३
shares

काठमाडौं, १३ भदौ । चालू आर्थिक वर्षको दोस्रो महिनामा पनि बैंकमा निक्षेप घट्ने क्रम जारी रहेको छ । साउन महिनाको तुलनामा भदौ महिनाको १० दिनमा ७ अर्ब रुपँयौ निक्षेप घटेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन महिनाको अन्तिमसम्म ४४ खर्ब ३३ अर्बको निक्षेप संकलन रहेको थियो । भदौ १० गते आइपुग्दा निक्षेप संकलन ४४ खर्ब २६ अर्बमा झरेको छ । नेपालीहरुको ठूला पर्व तीज, दसैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिएकाले पनि बैंकहरुबाट निक्षेपकर्ताले रकम निकाल्दा निक्षेप घटेको अनुमान गरिएको छ । साथै सरकारले संघीय र प्रादेशिक निर्वाचनको तयारी गरिरहेको हुँदा चुनावका लागि पैसा घरघरमा अड्किएको अनुमान गरिएको छ ।
बैंकहरुको कर्जा प्रवाह भने भदौ महिनाको १० दिनमा ३ अर्बले बढेको छ । साउन महिनाको अन्तिम दिनसम्म ४१ खर्ब ७७ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुले भदौ १० गतेसम्म आई पुग्दा ४१ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका छन् ।


















