सरकारको होसियारीका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन : अर्थमन्त्री शर्मा
वि.सं.२०७९ भदौ १८ शनिवार १५:४४
6.05K
shares
shares

काठमाडौं, १८ भदौ । सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकको बाटोमा जानबाट रोकिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाजको २४ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले सरकारले लिएको नीतिका कारण नेपालको अर्थत्रन्त्र श्रीलंकाको अवस्थामा जान नपाएको बताएका हुन् ।
अहिले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै आगामी दिनमा सझै सकारात्मक हुने अर्थमन्त्री शर्माले बताए । उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसंग उनले आह्वान समेत गरे ।

















