भुकम्पपछि विद्यालय दरबार जस्ता भए, नेपालको भविष्य उज्ज्वल छ : उपाध्यक्ष डा.पौडेल
वि.सं.२०७९ भदौ १८ शनिवार १६:३५
shares

काठमाडौं, १८ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी निकायहरु नेपाल श्रीलंका बन्छ भन्ने कुरामा कुनै निद पनि नसोचेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
नेपालको भविष्य भज्जल रहेको बताएका उपाध्यक्ष पौडेलले रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा प्रयोग हुन थालेको बताए । ‘अहिले रेमिट्यान्सको रकम घर निर्माण सकेर अब उत्पादनमा लाग्न थालेको छ, यसले नेपालको भविष्य उज्ज्वल रहेको कुरा प्रष्ट हुन्छ,’ उनले भने ।
ग्रामीण सडकमा लगानी बढाउनु पर्ने, स्वास्थ र शिक्षामा समेत लगानी बढाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । डाक्टर नर्स शहरमा मात्र बस्न चाहेको भन्दै उनले दुर्गम भेगलाइ समेत अब सुगम बनाउनु पर्ने बताए । भुकम्पपछि स्कुलहरु दरवार जस्तो बनेको भन्दै उनले अब भुकम्प नगएका जिलामा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरे ।

















