Dhulikhel Eco Banner new

दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव आयोजना हुँदै

6.41K
shares

काठमाडौं, २१ भदौं । नेपालीहरूको महान् चाड बडा दसैँको शुभ उपलक्षमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।

२० हजार भन्दा बढी दर्शकको अपेक्षा गरिएको यो साङ्गीतिक महोत्सव, यस दशककै भव्य हुने लक्ष राखिएको छ । यस महोत्सवले सहरी युवा वर्गमा बडा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दीने, बर्षौ देखी थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष राखिएको छ ।

साथै दसैँ महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रीसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू पाउनेछन् । विगत २० वर्ष देखी काठमाण्डौं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो साङ्गीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।