Dhulikhel Eco Banner new

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

8.41K
shares

काठमाडौं, २१ भदौ । इष्टर्न हाइड्रोपावर लिमिटेड बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समेत थपेर भदौ २८ गतेसम कायम गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका अहिले आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।