Dhulikhel Eco Banner new

बंगलादेशमा पनि विद्युत निर्यात हुन्छ : मन्त्री भुसाल

4.8K
shares

काठमाडौं, २५ भदौ । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनका पत्रकारसँग कुरा गर्दै मन्त्री भुसालले यसै वर्ष बंगलादेशशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुन्छ,’ मन्त्री भुसालले भनिन । बंगलादेश जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत निर्यात हुने उनको भनाइ थियो ।

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको पनि बताईन् ।