Dhulikhel Eco Banner new

हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

4.62K
shares

काठमाडौं, २९ भदौ । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको हो ।

बैंकले भदौ १५ गतेदेखि ७ वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।