Dhulikhel Eco Banner new

शेयर बजारमा भारी गिरावट, कारोबार भने बढेर २ अर्ब पुग्यो

6.14K
shares

काठमाडौं, ३० भदौ । साताको पाचौं कारोबारको दिन नेप्से ह्वात्तै घटेको छ । हिजो अर्थात बुधबार ४७ अंकले बढेको नेप्से आज भने ५७ अंकले घटेको छ ।

बिहिबार नेप्से परिसुचक २ दशमलव ८८ प्रतिशतले आरालो लागेर १९२४ दशमलव ४८ बिन्दुमा पुगेर रोकिएको छ ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले ओरालो लागेको छ । आज दिनभर भएका ३५ हजार ५ सय ३७ कारोबारबाट २३२ कम्पनीका ६९ लाख ४० हजार ५ सय ९६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ पुगेको छ । हिजाकोे तुलनामा कारोबार रकम आज भने दोब्बरले बढेको हो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २४ दशमलव ३२, व्यापार ७८ दशमलव २४, होटल तथा पर्यटन ९१ दशमलव ७३, विकास बैंक एक सय ६९ दशमलव ३८, जलविद्युत् एक सय दशमलव चार, वित्त ९० दशमलव ९१, निर्जीवन बीमा एक सय ९६ दशमलव ६८, उत्पादन एक सय ५९ दशमलव शून्य सात, अन्य ५६ दशमलव ५७, लघुवित्त एक सय ७७ दशमलव १२, सामूहिक लगानी कोष शून्य दशमलव २८ र लगानी दुई दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार आजको कारोबारका आधारमा लक्ष्मी बैंक शीर्षस्थानमा छ । सो बैंकको २१ करोड ५० लाख ३३ हजार एक सय ९० बराबरको कारोबार भयो ।

रिडी हाइड्रोपावर ११ करोड ६४ लाख ८९ हजार छ सय ५४, अपिपावर कम्पनी रु सात करोड ३५ लाख १६ हजार तीन सय २६, नेपाल दूरसञ्चार कम्पनी छ करोड ६८ लाख ७७ हजार पाँच सय ८७ र हिमालयन डिस्टिलरी रु पाँच करोड ७७ लाख ८४ हजार पाँच सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव १२, मिर्मिरे माइक्रोफाइनान्स तीन दशमलव ८०, सिद्धार्थ बैंकको ऋणपत्र एक दशमलव ९२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ६९ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले एक दशमलव ३० प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड आठ, सिद्धार्थ फाइनान्स कम्पनी सात दशमलव ३५, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव शून्य चार, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ६९ र लिवर्टी इनर्जीका लगानीकर्ताले छ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।