Dhulikhel Eco Banner new

नागरिक संलग्नतामा बाल सहभागिताको खोजी

9.11K
shares

काठमाडौं, ३१ भदौ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह (कन्भएसोर्टियम नेपाल) ले नागरिक संलग्नतामा बाल सहभागिता विषयक राष्ट्रिय अन्तरसंवाद सम्पन्न गरेको छ । सातै प्रदेशबाट उपस्थित बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुका प्रतिनिधि माझ सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादाुर मगरले बाल सहभागिता र नागरिक संलग्नताको सम्बन्धमा आयोगले पनि प्राथमिकताका साथ सहजिकरण गर्ने बताए । कार्यक्रमा स्वागत गर्दै कन्सोर्टियम नेपालको अध्यक्ष मोहन दँगाालले नागरिक संलग्नतामा बाल सहभागिताको खोजी नयाँ विषय रहेको र यसलाई अभियानको रुपमा थालनी गरिएको उल्लेख गरे ।

कार्यक्रममा नागरिक संलग्नतामा बाल सहभागिता विषयक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको राजनीतिक पहिचानका साथै राज्यका सबै निकायहरुको निर्णय प्रकृयामामा उनीहरुको अर्थपुर्ण सहभागिताको खोजी गरिएको थियो । यसका लागि बालबालिकाकै एक स्वतन्त्र संगठनको आवश्यकता महशुस गर्दै राष्ट्रिय बाल पैरवि परिषद्को परिकल्पना गरिएको थियो ।

सहभागिहरुले परिवर्तित राजनीतिक व्यवस्थामा बालबालिकाको नागरिक संलग्नता अभैm खुम्चिएको हुँदा बालबालिकाकाको नेतृत्वमा संगठनको निर्माण गरी रचनात्मक र सकारात्मक दवाव दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुले बालबालिकाको समुहले सार्वजनिक विषयमा आफ्ना धारणा राख्न, विमति जनाउन पाउने उनीहरुको प्रजातान्त्रिक अधिकार रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर प्रमुख अतिथि रहेका थिए । राष्ट्रिय योजना आयोगका सह सचिव डा. किरण रुपाखेति, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य रोशना खड्का, गैर सहकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, बालिका प्रतिनिधि मुना गिरि लगाएतको सहभागिता रहेको थियो ।