Dhulikhel Eco Banner new

पत्रकारलाई नि: शुल्क डेङ्गु परिक्षण

5.58K
shares

काठमाडौं, ३१ भदौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा काठमाडौं उपत्यकामा रहेका सम्पुर्ण महासंघ सदस्यहरुले  नि: शुल्क डेङु परिक्षण गर्न पाउने भएका छन । यो सुविधा महाराजगन्ज मा रहेको मेदान्त पोलिकिल्निकले दिन लागेको हो।

हिजो मेदान्त पोलिकिल्निकका म्यानेजर शुशिला कार्की र पत्रकार महासंघ काठमाडौं शाखाका तर्फबाट शाखा अध्यक्ष सूर्य सुवेदी बिच उक्त कुरामा सहमति भएको हो। सहमति पछि अध्यक्ष सुवेदीले भने हरेक महामारीमा आफ्ना सदस्यहरुलाई कसरी जोगाउने भन्ने कुरामा हामी चनाखो छौ ।

डेङ्गुले महामारीको रुप लिसकेको छ धेरै पत्रकार साथीहरू थला परिसकेको अबस्थामा डेङ्गुको टेस्ट विभिन्न बहानामा अत्यधिक महङ्गो पनि पारिएकाले शाखाले नि: शुल्कको लागि पहल गर्नु परेको हो। उक्त अबसरमा मेदान्त पोलिकिल्निकका म्यानेजर शुशिला कार्कीले पत्रकार महासंघ सग सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै खुसी छौ र आफुले सामाजिक उत्तर दायित्वलाई सम्झेर सधैभरि अग्रभागमा खटिने पत्रकार साथीहरूलाई निस्शुल्क टेस्टको ब्यबस्था गरेको बताइन् ।

कस्ता पत्रकारले पाउछन् यो सुबिधा ?
शाखा अध्यक्ष सुवेदीका अनुसार पत्रकार महासंघ काठमाडौं शाखाले सम्झौता गरेको भए पनि यो सुबिधा पत्रकार महासंघ जिल्ला शाखा काठमाडौं ,ललितपुर,भक्तपुरका सदस्य ,सम्पुर्ण प्रतिस्ठान शाखाका सदस्य र सम्पुर्ण एशोसिएट शाखा सदस्यहरुले पाउनेछन। तर टेस्टको लागि जादा पत्रकार महासंघले जारी गरेको परिचयपत्र वा पत्रकार महासंघ केन्द्रीय कार्यलय र पत्रकार महासंघ काठमाडौं शाखा मध्य एकले गरेको सिफारिस पत्रले मात्रै मान्यता पाउने छ।