‘केएसएल’ले मनपरी शुल्क उठायो, बढी शुल्क फिर्ता गर्न अनेरास्ववियूको अल्टिमेटम
वि.सं.२०७९ असोज ५ बुधवार १७:५४
shares

काठमाडौं, ५ असोज । काठमाडौं स्कूल अफ ल ले मनपरी शुल्क लिएको भन्दै नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विरोध गरेको छ । विद्यार्थीहरुले मनपरी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ता गर्न आग्रह गर्दै अनेरास्ववियूले बुधबार ज्ञापन पत्र बुझएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोटमा रहेको सो कलेज पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हो । कानून विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पु¥याएको पाए पछि आफूहरुले विरोध गरेको संगठनकी नेतृ जस्मीन ओझाले बताइन् ।
कानून संकायको शुल्क प्राविधिक विषयको भन्दा चर्को हुनु अतिवाद भएको भन्दै अनेरास्ववियूले बढाएको शुल्क तत्कालै फिर्ता लिन विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ‘शिक्षा क्षेत्रको अभिभावकत्वमा राज्यको कमजोर दायित्वको फाइदा उठाएर मनपरी शुल्क असुल्ने प्रवृत्तिको अनेरास्ववियू घोर विरोध गर्दछ ।’

















