Dhulikhel Eco Banner new

नेकपा माओवादी केन्द्र काठमाडौं–उदयपुर सम्पर्क समन्वय समितिको शुभकामना कार्यक्रम सम्पन्न

4.95K
shares

काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्र काठमाडौं– उदयपुर सम्पर्क समन्वय समितिले चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समन्वय समितिका अध्यक्ष दिल बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्की प्रमुख अतिथिका रुपमा रहेका थिए । सचिव कार्कीले कार्यक्रममा सहभागिहरुलाई राजनैतिक तथा वैचारीक प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा उदयपुर क्षेत्र नम्बर १ का सांसद सुरेश कुमार राई हिमाल लगायत पार्टीका केन्द्रीय तथा प्रदेश तहका शिर्ष नेताहरूले सम्वोधन गरेका थिए ।

उदयपुरका विभिन्न स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरूलाई समन्वय समितिले सम्मान समेत गरेको थियो ।