Dhulikhel Eco Banner new

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने

4.07K
shares

काठमाडौं, ९ असोज । रुरु जलविद्युत कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने छन् ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २७ गते शेयरधनी किताब बन्द गर्ने भएकोले असोज २६ गतसम्म कायम शेयरधनीले प्रतावित लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।