Dhulikhel Eco Banner new

ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

3.51K
shares

काठमाडौं, ९ असोज काठमाडौंको वसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको हो ।

उनी महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारको प्रहरी कार्यालयमा सहयोगीको रुपमा कार्यरत थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।