Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको फोन पेबाट भुक्तानी गर्दा हरेक दिन १ लाख जित्ने मौका

4.9K
shares

काठमाडौं, १० असोज । कामना सेवा विकास बैंकको फोन पेबाट भुक्तानी गर्दा १ लाख जित्न सकिने भएको छ । बैंकको फोन पे मार्फत अनलाइन भुक्तानी गर्दा हरेक दिन १ लाख जितिने भएको हो ।

‘यस चाडपर्व, लाइफ इजी बनाऔं, नगद छोडौं फोन पे गरौं’ भन्ने नाराका साथ बैंकले सो योजना ल्याएको जनाएको हो ।

बैंकका अनुसार ‘फोन पे’ बाट क्यूआर, आइबीएफटी र अनलाइन भुक्तानी गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्ने छन् । फोन पे क्यूआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन समेत जित्न सक्ने छन् । ग्राहकहरुले यो लक्की ड्र मा सहभागी हुन फोन पे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्दछ ।

योजना असोज ९ गतेदेखि लागू हुनेछ । यस्तै डिजिटल भुक्तानीमार्फत आकर्षक छुट पनि प्रदान गर्ने बैंकले जनाएको हो । ग्राहकहरुले क्यूआर प्रयोग गरी भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ‘फोन पे क्यूआर’ ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले अफर ल्याएको जनाएको छ ।