कालिकोटमा सानिमा रिलायन्स लाइफद्वारा बाढी र आगलागी पीडितलाई राहत वितरण
वि.सं.२०८३ वैशाख २३ बुधवार ११:४०
shares

काठमाडौं, २३ वैशाख । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा बाढी तथा आगलागीबाट प्रभावित परिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित भएका परिवारलाई सहयोग गरेको जनाएको छ। शुभ कालिका गाउँपालिका (वडा नं. ७ र ८), महावै गाउँपालिका (वडा नं. ५ र ६) खाँडाचक्र नगरपालिका (वडा नं। १ र ५) तथा तिलागुफा नगरपालिका (वडा नं. ७ र १०) का बाढीपीडित तथा तिलागुफा (वडा नं. ५ र ६) र खाँडाचक्र (वडा नं. १०) का आगलागी पीडित गरी जम्मा ४३ घरपरिवारलाई कम्मल वितरण गरिएको हो।
राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाका शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी पीडितहरूले कम्पनीको सहयोगप्रति खुशी व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर गरिएको मानवीय सेवाको प्रशंसा गरेका छन्।
कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सक्रिय योगदान दिने योजना रहेको जनाएको छ।
सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी, २० अर्बभन्दा बढी लगानी र २० हजारभन्दा बढी अभिकर्ता रहेको जनाएको छ।
















