Dhulikhel Eco Banner new

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

5.33K
shares

काठमाडौं, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेका जिल्ला प्रहरी कार्याल सल्यानले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।