Dhulikhel Eco Banner new

अर्जुनखोलामा डुबेर दुईजना बालकको मृत्यु

5.02K
shares

देउखुरी, १८ असोज । दाङको लमही स्थित अर्जुन खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ का अन्दाजी १० वर्षिय अतित (गुइठे) विक र सोहि ठाउँ निवासी १२ वर्षिय ललित परियारको मृत्यु भएको हो ।

मंगलबार दिउँसो लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएका समयमा खोलामा डुबेर उनीहरुको मृत्यु भएको सशस्त्र प्रहरी बल नं. ४१ गत कपिलवस्तु दाङका सई प्रकाश जैसी ढकालले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो पाँच जनाको समुहले अर्जुन खोलमा कबडी खेलेर अर्जुन खोला पुल मुनि नुहाउन गएका थिए ।

नुहाउन क्रममा अर्जुन खोलामा डुबेर उनीहरुको मृत्यु भएको हो । मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ ।