Dhulikhel Eco Banner new

भीम रावलले भने– ‘होलि वाइन’लाई कुन सिद्धान्त अनुसार सांसद बनाउन लागियो ?

7.16K
shares

काठमाडौं, २७ असोज । होलि वाईन भनेर बद्नाम एकनाथ ढकाललाई एमालेले समानुपातिकको शिर्ष स्थानमा राखिएको भन्दै आपत्ति जनाएका छन् । आफूले टिकट नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रुष्ट बनेका रावलले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएका हुन् ।

चर्चित ‘होलि वाइन’ काण्ड एकनाथ ढकालले नै नेपालमा ल्याएका थिए । होलि वाइनवाला संस्थाले केपी ओली प्रधानमन्त्री हुँदा पुरस्कार समेत दिएको थियो । एमालेका पुराना र सक्रिय नेता कार्यकर्तालाई पाखा लगाएर ओलीले ढकाललाई समानुपातिकको शिर्ष स्थानमा राखेका छन् ।