Dhulikhel Eco Banner new

८५ प्रतिशत बढीले घट्यो गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा

5.63K
shares

काठमाडौं, १३ कात्तिक । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको ३ महिनामा ८५ प्रतिशत भन्दा बढीले घटेको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशतले गिरावट आएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ रोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ लाख ७२ हजार मात्रै नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६५.५२ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज १ करोड ४८ लाख रुपैयाँबाट बढेर ३ करोड ११ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ८७.५५ प्रतिशत घटेको छ । जसका कारण खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३४४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३१.०२ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप र कर्जा भने सो अवधिमा क्रमशः १.८४ प्रतिशत र ७.१५ प्रतिशत बढेको छ ।