Dhulikhel Eco Banner new

आयात प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाब

5.36K
shares

काठमाडौं, १४ कात्तिक । विश्व बैंकले नेपाल सरकारले विभिन्न वस्तुमा लगायको आयात प्रतिबन्ध हटाउन सुझाब दिएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपाल डेभलोपमेन्ट अपडेट’ प्रतिवेदन मार्फत नेपाल सरकारलाई यस्तो सुझाब दिएको हो ।

विश्व बैंकले सरकारले आयातमा लगाएको प्रतिबन्धलाई हटाउन औपचारिक रुपमा सुझाव दिएको छ । यसअघि अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले अनौपचारिक रुपमा यस्तो सुझाव दिँदै आएका थिए ।

सरकारले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । त्यो प्रतिबन्ध असार मसान्तसम्म कायम रहेको थियो । भदौ १४ गते भने सरकारले कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । तर अन्य चार वस्तुको आयोतमा भने सरकारले आगामी मंसिर महिनासम्म प्रतिबन्ध कायम राखेको छ ।

सरकारले मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयातमा प्रतिबन्ध लगाएको छ ।