एमालेको घोषणापत्र : पाँच वर्षमा प्रतिव्यक्ति आय २४ सय डलर, समुन्द्रमा नेपाली झण्डासहितको पानीजहाज (पूर्ण पाठसहित)
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:१३
shares

काठमाडौं, १५ कात्तिक । आगामी चुनावको लागि नेकापा एमालले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पाँच वर्ष भित्र देशलाई विश्वको उदयीमान अर्थतन्त्र भएको देश बनाउने उल्लेख गरिएको छ ।
प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य प्रस्तुत गरेको घोषणापत्रमा आगामी पाँच वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको छ । त्यस्तै एमालेको घोषणापत्रमा कुल ग्रार्हस्त उत्पादन (जीडीपी) आगामी पाँच वर्षभित्र १०० खर्बको पु¥याउने छ । हालको नेपालको जीडीपी करिब ४८ खर्बको रहेको छ । त्यस्तै नेपालीको ओषत प्रतिव्यक्ति आम्दानी २ हजार ४०० लडर पु¥याउने एमालेको प्रतिवद्धता छ ।
घोषणा पत्रमा एमालेले संसद विघठन बाध्यात्मक भएको, समुन्द्रमा नेपाली झण्डा सहितको पानीजहाज लगायतका विषयहरु समेटिएका छन् ।
पूर्णपाठ
















